काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४१ हजार ८४८ कित्ता संस्थापक सेयर आज मंगलबारदेखि संस्थापक समूहभित्रकै सदस्यहरुका लागि बिक्री खुला गरेको छ।

संस्थाले मंगलबार एक सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुबाट आफ्नो नाममा रहेको उक्त परिमाणको सेयर बिक्रीका लागि निवेदन प्राप्त भएकोले संस्थापक समूहभित्रकै सदस्यहरुका लागि बिक्री खुलाएको हो।

इच्छक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि ३७ दिनभित्र आवश्यक कागजात प्माण संलग्न गरी वित्तीय संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–१४ साँगामा आफूले खरिद गर्ने सेयर कित्ताको मूल्य तथा संख्या खुलाई निवेदन दिन संस्थाले जनाएको छ। 

यदि तोकिएको म्यादभित्र हाल कायम संस्थापक सेयरधनीहरुको निवेदन पेस हुन नआएमा प्रचलित नियमानुसार अन्य कम्पनी र व्यक्तिलाई बिक्री गर्न आवश्यक प्रक्रिया बढाइने पनि संस्थाद्वारा जारी सूचनामा जनाइएको छ।