काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि सेयरधनीहरुलाई बम्पर बोनस सेयर वितरण प्रस्ताव गरेको छ।

संस्थाको हिजो मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने बोनस सेयर वितरण प्रस्ताव गरेको हो। जसअनुसार संस्थाले चुक्तापुँजी २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ।

संस्थाले नागरिक लघुवित्तसँग आपसमा मर्ज भई एकीकृत कारोबारसमेत आर्थिक वर्ष २०७६/७७ मा सुरुआत गरिसकिएको हुँदा आयकर ऐनबमोजिमा बोनस सेयरमा लाग्ने कर छुटको सुविधासमेत उपयोग गरिने जानकारी गराएको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि संस्थाको आगामी वार्षिक साधारणसभामा अनुमोदनका लागि पेस गरिने बैठकले निर्णय गरेको छ।