काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ।

संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १६ गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि संस्थाले आउँदो पुस १ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ४१ करोड १९ लाख ४४ हजार ४०० रुपैयाँ २० प्रतिशतले हुन आउने ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासँग मर्जर भई एकीकृत कारोबारसमेत गत आर्थिक वर्षको सुरुआत गरिसकिएकोले आयकर ऐनबमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधासमेत उपयोग गरिने संस्थाले जनाएको छ।