काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा राखेको संस्थापक समूहको हकप्रद सेयरमा खरिद आवेदन दिने आज बिहीबार अन्तिम दिन रहेको छ ।

संस्थाले गत कात्तिक २१ गतेदेखि अघिल्लोपटकको लिलामीमा पनि बिक्री नभएको संस्थापक समूहको ६२ हजाभन्दा बढी कित्ता हकप्रद सेयर पुनः लिलामीमा राखेको हो । संस्थाले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रु १०० अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर निकाष्सन गरेको थियो । जुन कम्पनीको चुक्तापुँजीको सशप्रतिशत हो ।

निष्कासित हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको संस्थापक समूहतर्फको ७३ हजार ७०३.८० कित्ता र सर्वसाधारणतर्फको ४६ हजार ५०९.२० कित्ता सेयर संस्थाले गत असोज ६ गतेदेखि लिलामीमा राखेको थियो । जसमा बिक्री हुन बाँकी रहेको संस्थापक समूहको ६२ हजार १८३.८० कित्ता सेयर पुनः लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागिएको हो ।

लिलामी प्रक्रियामा सर्वसाधारणदेखि कम्पनी तथा संघसंस्था सहभागी हुन पाउनेछन् । न्यूनतम १ हजार कित्ता सेयर र अधिकतम १० ले भाग जाने संख्यामा ४० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम रु. १०० तोकिएकोले बोलकबोल गर्दा सोभन्दा बढी गर्नुपर्नेछ ।

बोलपत्र काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेड, चितवनको भरतपुरस्थित वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन् ।

सेयर बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।