काठमाण्डौ । व्यक्तिगत आवासीय घर कर कर्जाको सीमा बढेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै व्यक्तिगत आवासीय घर कर्जाको सीमा बढाएको हो। योसँगै अब यस्तो कर्जा बैंक तथा वित्तीय संस्थाहरुले पहिलोपटक घर खरिद वा निर्माण गर्ने व्यक्तिलाई २ करोड रुपैयाँसम्म प्रवाह गर्न पाउनेछन्।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घर कर्जाका लागि १ करोड ५० लाख रुपैयाँसम्म प्रवाह गर्न पाउने व्यवस्था रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको आयस्रोत हेरी सो स्रोतले पर्याप्त धान्ने किस्ता कायम गरी घर निर्माण वा खरिदका लागि व्यक्तिगत आवासीय कर्जा प्रवाह गर्नुपर्नेछ।
व्यक्ति आवासीय घर कर्जामा लोन टु भ्यालु रेसियो बढीमा ७० प्रतिशतसम्म कायम गरिने व्यवस्था भने यथावत राखिएको छ।
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago