काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित भएका बीमालेखहरुको नवीकरण गर्दा विलम्ब शुल्कमा छुट दिने भएको छ।
कम्पनीले आज एक सूचना प्रकाशित गरी व्यतीत भएका बीमालेखहरु आज जेठ १० गतेदेखि असार २२ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिने जनाएको छ।
कम्पनीले १८० दिनभन्दा माथि २ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ३० प्रतिशत, २ वर्षदेखि ५ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशत र ५ वर्षभन्दा माथि व्यतित भएका बीमालेखहरुमा १० प्रतिशत छुट दिइने जनाएको छ।
यसरी व्यतित बीमालेख पुर्नजागरण गर्दा बीमालेखमा लाग्ने विलम्ब शुल्कमा अधिकतममा ३० हजार रुपैयाँभन्दा बढी छुट नहुने पनि कम्पनीले जनाएको छ।
छुट सुविधाका लागि कम्पनीले केही सर्तहरु पनि अगाडि सारेको छ।
यस योजनामा समावेश भएका बीमालेखहरु पुनर्जागरणको मितिदेखि १ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको विलम्ब शुल्क छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ।
त्यसैगरी एकपटक ब्याज छुट लिइसकेका बीमितहरुलाई पूरा बीमा अवधिभरि पुनः ब्याज छुट नदिइने कम्पनीले जनाएको छ।
छुट सुविधा प्राप्त गर्नका लागि बीमालेख १८० दिन वा सोभन्दा बढी समय व्यतित भएको हुनुपर्ने पनि कम्पनीले स्पष्ट पारेको छ।
26 minutes ago
36 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago