काठमाण्डौ । आइएमई लाइफ इन्स्योेरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा ६ करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । नयाँ जीवन बिमा कम्पनीको रुपमा उदाएको आइएमई लाइफले पहिलो त्रैमासमा ३ करोड नाफा कमाएको थियो । नाफालाई अर्को तीन महिनामा दोब्बरले बढाएको देखिएको हो । 

समीक्षा अवधिमा यो कम्पनीले ११ करोड ७ लाख बिमा शुल्क आर्जन गरेको छ । हालसम्मको बिमा शुल्क आर्जन ११ करोड ५२ लाख रहेको मंगलबार प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । 

यो अवधिसम्म कम्पनीमा कायम कुल बिमा लेखेको संख्या ११ हजार ६ सय ९० रहेको छ । अघिल्लो त्रैमाससम्म यस्तो संख्या ७२० मात्र थियो । यसरी यो कम्पनी व्यवसाय बिस्तारमा निकै आक्रामक रहेको बुुझ्न सकिन्छ । 

यो अवधिमा आइएमई लाइफको लगानी, कर्जा तथा अन्यबाट ३४ लाख बढी आम्दानी भएको छ ।

कम्पनीले जगेडाकोषलाई पहिलो त्रैमासको तुलनामा झण्डै दोब्बरले बढाएको छ । पहिलो त्रैमाससम्म कोषमा ३ करोड ६६ लाख रुपैयाँ रहेकोमा त्यो बढेर ६ करोड ५३ लाखको उचाईमा पुुगेको हो । 

यस्तै, समीक्षा अवधिसम्म जीवन बिमा कोषमा २ करोड ५१ लख रुपैयाँ रहेको छ । महाविपत्ति जगेडामा ७२ लाख रुपैयाँ रहेको छ ।