काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले व्यवस्थापन पढेका वा सानातिना बित्तीय संस्थामा काम गरी अनुभव प्राप्तहरुलाई लक्षित गर्दै आफ्ना ४ वटा विभागको दुई दर्जन पदमा दर्जनौका लागि जागिरको अवसर खुलाएको छ । 

बैंकले ब्राञ्च मेनेजमेन्ट, कर्पोरेट बैकिङ/एसएमई, रिटेल र अपरेशन/सपोर्ट यूनिटका लागि जनशक्ति मागेको हो । 

ब्राञ्च मेनेजमेन्टतर्फ बैंकले जुनियर र सिनियर अफिसर तहको केही मेनेजर मागेको छ । यसैगरी, अपरेसन मेनेजर र अपरेशन इञ्चार्जको पदका लागि समेत दरखास्त आह्वान गरिएको छ । सिनियर असिस्टेन्ट तहको ब्राञ्च अपरेसन र ब्राञ्च सपोर्टका लागि समेत जनशक्ति मागिएको छ । 

यसैगरी, कर्पोरेट बैकिङ युनिटका लागि रिलेसनसीप मेनेजर र असिस्टेन्ट रिलेशनसीप मेनेजरका लागि समेत दरखास्त आह्वान गरिएको छ । 

एनआइसी बैंकले रिटेल यूनिटका लागि बिजिनेश डेभलपमेन्ट अफिसर, क्रेडिट एनलिस्ट र रिटेल सेल्स एक्जुक्यूटिभका लागि समेत योग्य उम्मेद्वारबाट दरखास्त मागेको छ । 

सबैभन्दा धेरै जनशक्ति अपरेशन र सपोर्ट युनिटका लागि मागिएको छ । यो युनिटका लागि डेपुटी मेनेजर तहको डेपुटी चिफ रिस्क अफिसर, प्रोजेक्ट मेनेजर, ह्यूमान रिसोर्स मेनेजर, मानव संसाधनकै लागि अफिसर मागिएको छ । यसैगरी, क्रेडिट अफिसर, लिगल अफिसर, रिस्क मेनेजमेन्टतर्फ जुनियर अफिसर, इन्टरनल अडिटतर्फ जुनियर अफिसर, आइटी अफिसरका लागि पनि दरखास्त आह्वान गरिएको छ । यसैगरी, आइटी डिपार्टमेन्टकै लागि असिस्टेन्ट अफिसर, रिकभरी मेनेजमेन्टतर्फ अफिसर, जेनेरल एडमिनिस्ट्रेसनतर्फ सुपरभाइजर, क्रेडिट एडमिनिस्ट्रेसनतर्फ सुपरभाइजर,  ट्रेड अपरेसनतर्फ सुपरभाइजर, न्यू च्यानल अपरेशनतर्फ सुपरभाइजर, ट्रेजरी डिलरतर्फ अफिसर वा सिनियर अफिसर र मार्केट एनलिस्ट वा इकोनोमिक अफिसर समेत मागिएको छ । 

सबै पदहरुमा आवेदन दिन चाहनेसँग नेपाली र अंग्रेजी भाषाको राम्रो ज्ञान हुनुपर्ने, कम्प्युटरको राम्रो ज्ञान हुनुपर्ने, उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने बैंकले उल्लेख गरेको छ । खुलाइएका पदहरुको बिषयमा बाँकी जानकारी एनआइसी एशियाको अफिसियल वेबसाइटबाट हेर्न सकिने जनाइएको छ ।