काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा आक्रामक देखिएका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार फागुनको पहिलो साताको तुलनामा दोस्रो साता बैंकहरुको कर्जा लगानी २७ अर्ब रुपैयाँले बढेको छ। गत फागुन ७ गतेसम्म बैंकको कुल कर्जा लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ रहेको फागुन १४ गतेसम्म बढेर ३३ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। माघ मसान्तको तुलनामा फागुनको पहिलो साता पनि बैंकको कर्जा लगानी १८ अर्ब रुपैयाँले बढेको थियो। यो हिसाबले फागुन मध्यसम्म बैंकहरुको कर्जा लगानी ४५ अर्ब रुपैयाँले बढिसकेको छ। 

उता निक्षेप संकलनमा पनि बैंकहरु उत्तिकै सक्रिय देखिएका छन्। बैंकको कुल निक्षेप फागुनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० अर्ब रुपैयाँ बढेको छ। योसँगै फागुन १४ गतेसम्म बैंकहरुको कुल निक्षेप ३८ अर्ब ९ अर्ब रुपैयाँ पुगेको छ। फागुन ७ गतेसम्म बैंकहरुको कुल निक्षेप ३७ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो।

फागुनमा मात्रै बैंकहरुले २ अर्ब रुपैयाँ निक्षेप संकलन गरिसकेका छन्। गत माघ मसान्तसम्म बैंकको कुल निक्षेप ३७ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।