काठमाण्डौ । पछिल्लो केही समयदेखि वाणिज्य बैंकहरु निकै आक्रामक ढंगमा कर्जा लगानी र निक्षेप संकलन गरिरहेका छन्। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार चैतको तेस्रो साता (चैत १४ बाट चैत २० सम्म) मा मात्रै वाणिज्य बैंकहरुबाट ३९ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ। यो चैत महिनाभरि भने बैंकहरुले ८९ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका छन्। योसँगै वाणिज्य बैंकहरुको कर्जा लगानी ३५ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। 

यसैगरी वाणिज्य बैंकहरुले चैत १४ गतेदेखि चैत २० गतेसम्म ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। चैतको तेस्रो सातासम्म बैंकहरुले ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। योसँगै कुल निक्षेप संकलन ३८ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानी र निक्षेप संकलनमा बैंकहरु आक्रमण देखिए पनि तरलताका विषयमा राष्ट्र बैंकहरु अधिकारीहरु सहज नै रहेको बताउँछन्। ‘अहिले तरलतामा खासै दबाब परेको छैन’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘सरकारको पुँजीगत खर्च बढेको छ, पुनरकर्जाको रकम पनि प्रणालीमा गएको छ।’