काठमाण्डौ । सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले आइतबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडलको अनावरण गरेको छ । यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्धनिर्देशक अरुण चौधरी र लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनबाट गरिएको थियो ।

यससँगै शक्ति गौचन स्विफ्टको नयाँ मोडेलकै पहिलो प्रयोगकर्ता बनेका छन् ।

कार्यक्रममा बोल्दै शक्ति गौचनले भनेः “म पहिले देखि नै सुजुकीको फ्यान हुँ । सानैदेखि नै मलाई सुजुकीका गाडीहरुमा निकै चासो हुने गर्दथ्यो । यस दिनका लागि म लामो समयदेखि धैर्यतापूर्व पर्खाइमा थिएँ । लामो प्रतीक्षाको फलस्वरुप आज एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्त गर्दा म निकै उत्साहित छु । ” 

यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हीलतथाअर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदलयात्रीएवं बालबच्चाको सुरक्षामा केन्द्रित डुअल एयरब्याग, इबिडि सँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टििभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो । 

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स्सहित बजारमा ल्याइएको छ । 

यस सवारीको प्रारम्भिक अफर सहित मूल्य रु २८,९९,००० तोकिएको छ ।