काठमाण्डौ । शताब्दी पुरुष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ।
ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा १०३ वर्षको उमेरमा जोशीको बिहान ७ः०९ बजे निधन भएको हो। विगत लामो समयदेखि जोशी प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए।
जोशीलाई डेंगुको संक्रमण भएपछि गत असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चालसम्बन्धी समस्या देखिएको थियो।
जोशीले तीनपटक मदन पुरस्कार प्राप्त गरेका थिए। नेपाली भाषा, साहित्य र संस्कृतिका शिखरपुरुष जोशीका कृतिहरु ‘हाम्रो लोक संस्कृति’ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।
नेपाल पुरातत्व र संस्कृति विभागको निर्देशक भएका बेला जोशीले नै राष्ट्रिय नाचघरको स्थापना गरेका थिए। उनी चीनमा अरनिकोको योगदानबारे विस्तृत अध्ययन गर्ने पहिलो नेपाली पनि थिए।
न्युजिल्यान्ड भ्रमण गर्ने पहिलो नेपाली नागरिकसमेत रहेका जोशी जीवित अवस्थामै हुलाक टिकटमा प्रकाशित पहिलो नेपाली नागरिक थिए।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago