काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित महाराजा रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १०.९३ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांश (कर प्रयोनार्थ) रहेका छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालित समिति वा समितिले तोकेको व्यक्तिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सोही सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु पनि छलफल गरी पारित हुनेछन्।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १७ गतेदेखि मंसिर १९ गतेसम्म बुक क्लोज गर्ने निर्णैय गरेको छ। यसको अर्थ मंसिर १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago