बुटवल । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज बुटवलमा आफ्नो आधिकारिक स्टोरको लन्च गरेको छ। 

बुटवलको बीपचोकमा अवस्थित यो मी स्टोरले देशमा नवीन खुद्रा उपायहरुको विकासमा ब्रान्डको छिटो प्रगति पुनः सुरु गर्नेछ। यस ब्रान्डले मी स्टोरहरुको संख्यालाई दोब्बर गर्ने लक्ष्य राखेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हरेक मी स्टोरसँग हामी देशमा एक सहज अफलाइन नेटवर्क निर्माणकोे लक्ष्य पूरा गर्नका लागी प्रयास जारी राख्नेछौँ र हाम्रो मी प्रशंसकहरुको लागी सबैभन्दा राम्रो किनमेल अनुभव ल्याउन प्रयास गर्नेछौं। हामी आशा गर्दर्छौं कि नेपालमा हाम्रा मी प्रशंसकहरु यस मी स्टोरमा जानेछन् र उनीहरुले हाम्रो भर्खरै लन्च गरिएका उत्पादन लाइन अपको धेरैभन्दा धेरै उपयोग गर्ने अवसर लिनेछन्।’

यो मोडलले शाओमीको नेपालमा नवीन रिटेल खण्डहरुको निर्माण गर्नका लागि इमानदारीसँग अधिक महत्व थप्ने उत्साहलाई झल्काउँदछ। यस मी स्टोरले निर्वाध रुपबाट आपूर्ति शृंखला प्रबन्धनबाट उत्पादनको उपलब्धता र वितरण उपायसम्म रिटेल प्रयासहरुलाई ब्रान्डको अधीनमा ल्याएर एकीकृत गर्दछ। 

शाओमी नेपालले हरेक रिटेल स्टोरको प्रक्रियालाई  निगरानी गर्दछ, जस प्रकार पूर्ण ब्रान्डको पारदर्शितालाई सक्षम बनाउँदछ। यसको नतिजाका रूपमा मी प्रशंसकहरुले अपार लाभ प्राप्त गर्दछन्। उनीहरु सीधा खुद्रा प्रक्रियाको प्रत्येक चरणमा ब्रान्डसँग अन्तरक्रिया गर्दछन्, जसले गर्दा सबै अतिरिक्त कर्पोरेट तहहरु मेटिन्छन्। यसले मी प्रशंसकहरुलाई ब्रान्डसँग एक अधिक घनिष्ठ सम्बन्धको आनन्द लिनका लागि सशक्त बनाउने कम्पनीले जनाएको छ।