काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमी ले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपालीबजार माल्याएको छ। शाओमीको स्मार्ट अप्लाएन्स सेग्मेन्टअन्तर्गत को होम सेक्युरिटी क्यामरा घरको सुरक्षाका लागि निम्ति हो भने बाँकी दुई स्मार्ट वाच हरु हुन्।
लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामीसधैँ सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट डिजाइनयुक्त डिभाइस हाम्रो उपभोक्तामाझ ल्याउन प्रयासरत छौँ। हामी चाहन्छौँ कि हाम्रा उपभोक्ताका लागि दैनिक जीवनमा अत्यन्त काम लाग्ने व्यावहारिक, राम्रो पर्फर्मेन्स भएको र उपयोगी फिचर भएको उत्पादन दिन सकौँ।’
उक्त उत्पादनहरुका बारेमा थप बोल्दै पंडाले भने, ‘शाओमी एस वान एक्टिभ फिट्नेसमा रुचि राख्ने व्यक्तिहरुका लागि उपयोगी लेटेस्ट र स्टाइलिस स्मार्ट वाच हो। यसमा १.४३ इन्चको हाई रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाई रिफ्रेस स्क्रिन रहेको छ। यसले चौबीसै घन्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिट्नेस मोड पनि रहेको छ। नर्मल मोडमा १२ दिन र ब्याट्री सेभर मोडमा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटरप्रुफ पनि छ। खेल प्रेमीका लागि विशेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ। जसले गर्दा ठेगानाहरु छिटो र सही रुपमा ट्रयाक हुन्छ।’
यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्च को फुल एमोलेड डिस्प्लेसहित उपलब्ध छ। जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नुका साथै चौबीसै घन्टा मुटुको चाल पनि रेकर्ड गर्छ। वाटर रेसिस्टन्ट यो स्मार्ट वाचमा ११० भन्दा बढी वर्क आउट मोड छन्।
त्यस्तै मिहोम सेक्युरिटी क्यामरा ३६० बाट मधुरो उज्यालोमा पनि फुल कलर प्यालेट देख्न सकिन्छ। यी क्यामराले ३६० एंगलबाटै मोसन डिटेक्ट गर्दै तुरुन्तै अलार्म पठाउँछन्। जसले गर्दा घरमा कोही प्रवेश गर्न लागेको जानकारी पहिला नै पाइन्छ।
यसका साथै यसमा भएको टु वे अडियो टक ब्याक फिचरले गर्दा जहाँबाट पनिआफ्नो परिवारसँग कुरा गर्न सकिन्छ। यसमा ३२ जीबीसम्म को स्टोरेज छ र यसलाई घरको जुनसुकै कुनामा सजिलैसँग फिट गर्न सकिन्छ।
शाओमी एस वान एक्टिभ स्मार्ट वाचको मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ भने रेडमी स्मार्ट ब्यान्ड प्रोको मूल्य ६ हजार १९९ रुपैयाँ रहेको छ।
त्यस्तै मी होम सेक्युरिटी क्यामरा ३६० को मूल्य ४ हजार ४९९ रहेको छ। यी तीनवटै उत्पादन मी नेपालको सम्पूर्ण आधिकारिक स्टोरमा उपलब्ध छन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago