laxmi bank limited
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेडले बुधबारदेखि काठमाण्डौको पुरानो बानेश्वरमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
योसँगै काठमाण्डौ उपत्यकामा लक्ष्मी बैंकको कुल शाखा संख्या १६ पुुगेको छ ।
देशभर अब लक्ष्मी बंैकको शाखा सञ्जाल ६५, एक्सटेन्सन काउण्टर ३ र एटीएम काउण्टरको संख्या ८१ पुुगेको छ । शाखा बिस्तारसँगै आफूहरुले दिने सेवालाई अझ परिमार्जित बनाउने बैंकले प्रतिबद्धता जनाएको छ ।
सुविधाजनक नयाँ निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथसाथै व्यक्तिगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरी व्यक्तिगत तथा साना व्यवसाय बैंकिङ्ग सेवाको दायरालई फराकिलो पार्दै जाने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
सन् २००२ मा स्थापना भएको लक्ष्मी बैंक तुलनात्मक रुपमा छोटो इतिहासको बाबजुद पनि रिटेल, कर्पाेरेट तथा ट्रेजरी जस्ता सम्पूर्ण व्यवसायिक सेवाको क्षेत्रमा सेवा पुर्याउने एक प्रमुख बैंकिङ्ग सेवा प्रदायकको रुपमा उदाएको छ ।
बैंकले ७ सय बढी कर्मचारीमार्फत हाल ३६ जिल्लामा आफ्नो सेवा दिने गरेको छ । बैंकले सन् २००२ मा नै पहिलो पूर्ण इन्टरनेट बैंकिङ्ग सेवा संचालन गर्नुका साथै सन् २००९ मा मोवाइल बैंकिङ्ग (मोवाइल मनी) सेवा पनि संचालन गरेको थियो ।
आ.व. २०७२/७३ मा ४८.१५ अरब निक्षेप र ४०.३६ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ५५ अर्ब रहेको छ । सोहि आ.व.मा बैंकले ११५ करोडको हाराहारीमा सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा छ । यसै गरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ को जुन महिनाबाट कारोबार शुरु गरी हाल ४० वटा शाखा मार्फत लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।
लक्ष्मी बैंकले लक्ष्मी भ्यालू फण्ड नामक म्यूचुअल फण्ड सेवाको समेत सफलता पूर्वक संचालन गरिसकेको छ ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago