काठमाण्डौ । किया इन्डियाले आफ्नो बहुप्रतीक्षित ७ सिटे कार ‘किया क्यारेन्स’ सार्वजनिक गर्ने दिने घोषणा गरेको छ।

कम्पनीले यही डिसेम्बर १६ तारिखमा यो कारबाट पर्दा उठाउने भएको हो। यद्यपि यो कारको औपचारिक रुपमा लन्च गर्ने मिति भने कम्पनीले घोषणा गरेको छैन।

कम्पनीले हालै यो कारको टिजर जारी गरेको छ। यो कारका विषयमा निकै चर्चा भइरहेको छ। कारपारखीहरु यो कारको निकै प्रतीक्षामा छन्। अब उनीहरुले धेरै प्रतीक्षा गर्नु नपर्ने कम्पनीको भनाइ छ।

कम्पनीले आधारिक रुपमा यो कारको लन्च गर्ने मिति घोषणा नगरे पनि सन् २०२२ को सुरुआतमा भारतीय बजारमा यो कार लन्च हुने सम्भावना रहेको छ। 

कियाको यो एमपीभी आफ्नो क्याटेगरीको पहिलो कार हुनेछ। जसमा थर्ड रोको एक्ससे एउटा इलेक्ट्रोनिक बटन हुनेछ। कारमा ७ सिटको लेआउट, इलेक्ट्रिक सनरुफ, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टमजस्ता फिचरहरु पाइनेछ। 

यो कारले एमपीभी सेगेमेन्टमा मारुती सुजुकी अर्टिगालाई टक्कर दिने बताइएको छ। मारुतीले हालै एउटा अटो शोमा अर्टिगाको नयाँ स्पोर्टस एफएफ भेरिएन्ट पेस गरेको थियो। जसमा थुप्रै कस्मेटिक परिवर्तन गरिएको छ। – एजेन्सी