काठमाण्डौ। युरोपेली कार कम्पनी एमजी मोटर्सले चाँडै नै नयाँ इलेक्ट्रिक कार लन्च गर्ने भएको छ। 

यो कम्पनीको इन्ट्री लेभल इलेक्ट्रिक कार हुनेछ। तर फिचर्सको हिसाबले यो किआ मोटर्सको प्रिमियम इलेक्ट्रिक कारजस्तै हुनेछ। यस्तो अवस्थामा यी दुई गाडीबीचको प्रतिस्पर्धा निकै रोचक हुनेछ।

आउँदैछ एमजी४ ईभी

एमजी मोटर्सले हालै आफ्नो नयाँ इलेक्ट्रिक कार एमजी४ ईभीका केही तस्विरहरु सार्वजनिक गरेको छ। 

सबैभन्दा पहिले यो कार युरोपेली बजारमा लन्च हुनेछ। सेप्टेम्बरमा त्यहाँ लन्च गरेपछि यसले अन्य देशका बजारमा लन्च गर्नेछ। इलेक्ट्रिक ह्याचब्याकले किआ ईभी६ र भोल्सवागेनको आईडी.३ लाई कडा प्रतिस्पर्धा दिनेछ।

४०० किलोमिटरभन्दा बढीको रेन्ज

एमजी४ ईभीमा चालकहरुले सुपर रेन्ज पाउनेछन्। यो कार एकपटक चार्जमा ४३२ किलोमिटरसम्म कुद्नेछ। कम्पनीले यसलाई आफ्नो नयाँ मोड्युलर स्केलेबल प्लेटफर्ममा विकास गरेको छ। आगामी समयमा यही प्लेटफर्म एमजीले अन्य गाडीमा पनि प्रयोग गर्न सक्छ। यो प्लेटफर्मको पूयोग ४०केडब्ल्यूएचको ब्याट्री प्याक भएका गाडीदेखि १५०केडब्ल्यूएचसम्मको क्षमता भएका सवारीसाधनका लागि प्रयोग गर्न सकिन्छ।

एमजी४ ईभीको लुक हुने शानदार 

फिचर्स र पावरको हिसाबले पनि एमजी४ ईभी एकदमै बलियो गाडी हुनेछ। फ्रन्ट लुकका बारेमा कुरा गर्दा यो गाडीमा कुनै ग्रिल छैन। जब कि यसको डिजाइन एकदम स्लिक छ। एलोय ह्विल र एलईडी हेडल्याम्प र डीआरएलले यसलाई अनौठो लुक दिन्छ। ब्ल्याक ग्लास रुप, एलईडी टेल लाइट, एलोय ह्विल र रियर बम्परमा स्किड प्लेट पनि दिइएको छ। 

यसमा ४४३ बीएचपीको डुअल मोटर पाइनेछ। जब कि यो कार दुई १६७ बीएचपी र २१०बीएचपी आउटपुट विकल्पहरुमा आउनेछ। यो कारले ३.८ सेकेन्डमा ०–१०० किमी प्रतिघन्टाको गति लिन सक्छ। यसको उच्च गति १६० किमी प्रतिघन्टा रहेको छ। 

यो कारको मूल्य भने खुलाइएको छैन। –एजेन्सी