काठमाण्डौ । टाटा मोटर्सले नेक्सन ईभी जेट एडिसन भारतीय बजारमा लन्च गरेको छ। हालै कम्पनीले ह्यारियर र सफारीको जेट एडिसन लन्च गरेको छ। अब नेक्सनको जेट एडिसन पनि बजारमा आएको छ। 

कम्पनीले यसलाई नेक्सन ईभी प्राइम र नेक्सन ईभी म्याक्स दुई भेरियन्टमा ल्याएको छ। टाटा मोटर्सले केही महिनाअघि नै ठूलो ब्याट्री प्याकसहित नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको थियो।

नेक्सन ईभी भारतीय बजारमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारीसाधनमध्ये एक हो। टाटा नेक्सन ईभी जेट संस्करणको डिजाइन र लुक पहिले लन्च गरिएको जेट संस्करणजस्तै छ। कम्पनीले स्टारलाइट कलरमा नेक्सन ईभी जेट ल्याएको छ। यसले माटोको अर्थ ब्रन्च, प्लेटिनम सिल्भरको रुफका डुअल टोन पाउनेछ। यसका साथै नयाँ नेक्सन जेट एडिसनमा १६ इन्चको डायमन्ड कट एलोय ह्विलहरु हुनेछन्।

टाटा नेक्सन ईभीको जेट एडिसन ईभी म्याक्स ४०.५ केडब्ल्यूएच लिथियम–आयन ब्याट्रीको साथ आउँछ। यसले २५० एनएमको पिक टर्क जेनेरेट गर्न सक्छ। एकपटक चार्जमा ४३७ किलोमिटरसम्मको दूरी काट्न सक्ने कम्पनीको दाबी छ। 

यसका साथै यसले ९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्छ।

त्यस्तै नेक्सन ईभी प्राइमले एकपटक चार्जमा ३१२ किलोमिटर यात्रा गर्न सक्छ। ० देखि १०० किलोमिटर प्रतिघन्टाको गतिमा पुग्न ९.९ सेकेन्ड लाग्छ। 

यसमा इलेक्ट्रिक सनरुफ, मल्टी–मोड रिजन, ज्वेल कन्ट्रोल नब, भेन्टिलेटेड सिट, क्रुज कन्ट्रोल र वायरलेस मोबाइल चार्जरजस्ता फिचर छन्। 

टाटा नेक्सन ईभीको जेट संस्करणको केबिन पियानो ब्ल्याक फिनिश थिमको साथ आउँछ। मेक्यानिकल रुपमा पनि पहिलेजस्तै राखिएको छ। नेक्सन ईभी जेट संकरणमा ड्यासबोर्ड र डोर प्यानलमा सिल्भर ट्रिम देखिनेछ। अर्कोतर्फ लेदर डोर प्याड नयाँ ग्रेनाइट ब्ल्याक रङमा राखिएको छ।

बिक्रीको तथ्यांकलाई हेर्दा अगस्ट २०२२ मा टाटा मोटर्सले ३ हजार ८४५ विद्युतीय सवारीसाधन बिक्री गरेको छ। अघिल्लो महिनाको तुलनामा यसमा कमी आएको हो। जुलाईमा टाटा मोटर्सले कुल ४ हजार २२ युनिट विद्युतीय सवारीसाधन बिक्री गरेको थियो। टाटा मोटर्सको इलेक्ट्रिक भेहिकल पोर्टफोलियोमा नेक्सन ईभी प्राइम, नेक्सन ईभी म्याक्स र टिगोर ईभी समावेश छन्।