काठमाण्डौ । आफूलाई निर्जीवन बिमा कम्पनीमा टप दाबी गर्ने शिखर इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीले ८ करोड ७० लाख नाफा कमाएको थियो । 

समीक्षा अवधिमा शिखर इन्स्योरेन्सले ४० करोड ५० लाख बिमा शुुल्कबाट आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ३५ करोड ७४ लाखमा सीमित थियो । 

कम्पनीको पुनर्बिमा कमिसन र लगानी कर्जा तथा अन्यबाट हुने आयमा सामान्य मात्र बढोत्तरी भएको छ। ऋघिल्लो वर्ष ८ करोड २१ लख रहेको पुनर्बिमा कमिसनबाट हुने आय बढेर यो वर्ष ९ करोड ९ लाख पुुगेको छ भने ३ करोड २९ लाख रहेको लगानी कर्जा तथा अन्यबाट हुने आय बढेर यो वर्ष ३ करोड ७७ लाख पुुगेको छ । 

समीक्षा अवधिमा शिखर इन्स्योेरेन्सले १४ करोड ४८ लाख बढीको दाबी भुक्तानी गरेको छ । 

अघिल्लो वर्ष यो अवधिमा यस्तो दाबी भुक्तानी ७ करोड ४९ लाखमा सीमित थियो । 

यो कम्पनीले व्यवस्थापन खर्चलाई नियन्त्रणमा लिन सकेको देखिएन । अघिल्लो वर्ष ४ करोड ७१ लाख रहेको  यस्तो खर्च बढेर समीक्षा अवधिमा ६ करोड ९ लाख माथि पुुगेको छ । 

कम्पनीको बिमा कोष निकै मजबुत भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५० करोड १८ लाख रहेको कोष मजबुत भई ६८ करोड ३१ लखको उचाईमा पुुगेको छ । 

शिखरको जगेडाकोषमा भने निकै ठूलो पहिरो गएको छ । यो कम्पनीको बित्तीय स्वास्थ्यका लागि खराब कुरा हो । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४६ करोड ४४ लाख रहेको जगेडाकोष खुम्चिएर ३१ करोड ४४ लाखमा सीमित बन्न पुुगेको छ । यो हिसाबले जगेडाकोषमा ६८ प्रतिशतको पहिरो गएको देखिन्छ । 

कम्पनीको ३ करोड ४६ लाखमा सीमित महाविपत्ति कोष केही मजबुत भई ५ करोड २९ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा शिखरको प्रतिसेयर आम्दानी ४६.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२८.४३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४२.१५ गुुणा कायम भएको छ ।