काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखेको सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज बुधबार अन्तिम मौका रहेको छ। 

कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म १ः०.३ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो।  जसमा बिक्री नभएका ८७ हजार ४१२.८ कित्ता सेयर कम्पनीले गत बिहीबारदेखि लिलामीमा राखेको हो। 

बोलपत्र एनआईबीएल एस क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाट र शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगरमा, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीमा तथा बागलुङस्थित ग्रिन डेभलपमेन्ट बैंकमा पेस गर्न सकिने कम्पनीले जनाएका छ। 

लिलामीमा राखिएको सेयरको न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँ र सोभन्दा माथि बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। इच्छुक व्यक्ति, कम्पनी, संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

सेयर बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।