काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ।

कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।

योसँगै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

कम्पनीले गत चैत ९ गतेसम्म १५ औँ र १६ औँ वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। यसअघि कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको थियो।