काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज चैत २१ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत चैत १ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको हो। 

शिखर इन्स्योरेन्सको हकप्रद बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटलका साथै शिखर इन्स्योरेन्सका रजिस्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिनेछ। 

हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन योग्य भएका छन्। 

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।