काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयरको लिलामी यही वैशाख १९ गतेबाट खुला गरिने भएको छ। 

कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म आफ्ना सेयरधनीहरुका लागि हाल कायम चुक्तापुँजी १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँको ३० प्रतिशतले अर्थात १ः०.३ अनुपातमा हकप्रद जारी गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको थियो। 

उक्त अवधिमा बिक्री नभएका सर्वसाधराण समूहतर्फको ७७ हजार ७२०.८८ कित्ता सेयर कम्पनीले लिलामीमा बिक्री गर्न लागेको हो। लिलामी राखिएको सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

लिलामीमा सेयरमा बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालय शाखा कार्यालयहरु पुतलीसडक, लगनखेल, पोखरा, बुटवल, वीरगन्ज र विराटनगर तथा नेपाल इन्भेस्टमेन्ट बैंकका शाखाहरु नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुलसीपुर, सुर्खेत, नेपालगन्ज र धनगढीमा पेस गर्न सकिनेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति वैशाख २६ गते दिउँसो ३ बजेसम्म तोकिएको छ।