काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ४.४८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म कम्पनीको पुनर्बीमा कमिसनबापतको आय ४९ करोड ८० लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आय ४६ करोड ४९ लाख रुपैयाँ रहेको थयो। 

कम्पनीको आय लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १२ करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय १३ करोड ३५ लाख रुपैयाँ थियो। 

समीक्षा अवधिसम्म कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ६४ करोड २ लाख खुद दाबी भुक्तानी गरेको थियो। समीक्षा अवधिमा दाबी भुक्तानी १.८१ प्रतिशतले घटेको छ। 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.०४ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ३६ करोड ३३ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ३६ करोड ७० लाख रुपैयाँ भएको छ। 

कम्पनीको व्यवस्थापन खर्च बढेर ३६ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च २० करोड ५४ लाख रुपैयाँमा सीमित थियो।

कम्पनीको बीमा कोषको आकार १९.३५ प्रतिशतले बढेर १ अर्ब ४७ करोड रुपैयाँ पुुगेको छ। गत वर्ष यही अवधिमा बीमा कोषमा १ अर्ब २३ लाख रुपैयाँ रहेको थियो। 

गत वर्ष यही अवधिमा ६१ करोड ७६ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा तथा कोषको आकार २२.३३ प्रतिशतले बढेर ७५ करोड ५५ लाख रुपैयाँको उचाइमा पुुगेको छ। 

यो अवधिसम्म कम्पनीको जारी बीमालेखको संख्या १ लाख ९० हजार ७९९ रहेको छ। गत वर्ष यही अवधिमा यो संख्या २ लाख ११ हजार ९९६ रहेको थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २८.२२ रुपैयाँ, पीई अनुपात ४१.४६ गुणा र प्रतिसेयर नेटवर्थ २५५.९६ रुपैयाँ रहेको छ।