काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार (मंसिर २९ गते) दिउँसो बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य नाफा जगेडा तथा कोष रकमबाट हाल कायम चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँको कुल १६.८४२१ प्रतिशतले हुन आउने ३८ करोड ५० लाख २४ हजार ८२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा १६ प्रतिशतले हुन आउने ३६ करोड ५७ लाख ७२ हजार ९९२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशतले हुन आउने १ करोड ९२ लाख ५१ हजार ९० रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।