काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांश प्रयोजनका लागि शिवम् सिमेन्ट्स लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ। 

कम्पनीले यही कात्तिक १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक १२ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्तिका लागि योग्य हुनेछ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रतिसेयर २४.२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश कम्पनीको यही कात्तिक २४ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुका लागि जारी गरिने कम्पनीले जनाएको छ।