काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ३९.९२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले उत्पादन बिक्रीबाट ७ अर्ब २५ करोड रुपैयाँ बढी आम्दानी गरेको छ। गत वर्ष कम्पनीले उत्पादन बिक्रीबाट ७ अर्ब ३५ करोड रुपैयाँ आम्दानी गरेको थियो। कम्पनीको अन्य स्रोतबाट हुने आम्दानी पनि ३ करोड ८९ लाख रुपैयाँबाट घटेर ३ करोड ७५ लाख रुपैयाँमा सीमित बनेको छ।
चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको कुल खर्च ६ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कुल खर्च ६ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस १९.८४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०८.७६ रुपैयाँ र तरलता अनुपात १.४७ रुपैयाँ रहेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago