काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले विशेष साधारणसभा डोकेको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बिहान ११ बजे काठमाण्डौको अनामनगरस्थित कम्पनीको कर्पोरेट कार्यालयमा सुरु हुनेछ।

सभाले कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ग)लाई संशोधन गर्ने र खण्ड (घ) संशोधन गरी हटाउने विशेष प्रस्ताव पारित गर्नेछ।

सोही सभाले स्वीकृत नियमावलीको नियम नं. २३ गणपूरक संख्या कुल सेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने अर्को प्रस्ताव पनि पारित गर्नेछ। 

सभाले नियमावलीमा भएको व्यवस्था संशोधन गर्दै स्वतन्त्र व्यावसायिक विशेषज्ञ सञ्चालक १ जना र सेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जनासहित ६ जनाको सञ्चालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ। 

विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ भदौ १ गतेसम्म कायम सेयरधनीहरुमात्रै सभामा भाग लिन योग्य हुनेछन्।