काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७६/७७ का लागि नगद लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैठकले सेयरधनीहरुलाई नगद लाभांशका रुपमा प्रतिसेयर २४.२१ प्रतिशतका दरले हुन आउने कुल १ अर्ब ६ करोड ५२ लाख ४० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेको छ। 

प्रस्तावित नगद लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।