काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले कपिलवस्तुस्थित शिवराज नगरपालिकालाई सुविधासम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ।

उक्त बारुणयन्त्र नेसनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो। शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई उक्त बारुणयन्त्र आइएमई मोटर्स प्रालिका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका थिए। 

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख अधिकारीले  सुबिधासम्पन्न बारुणयन्त्र आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए। उनले आगलागीका घटनामा नगरवासीको जीउधनको रक्षा गर्न र क्षतिको  रोकथामका लागि दमकल उपयोगी साबित हुने विश्वास व्यक्त गरे। 

अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाइएको दमकलमा ४ हजार लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ। जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षति हुनबाट रोक्न सकिन्छ। 
यस प्रकारको अत्याधुनिक बारुणयन्त्र (दमकल) अग्नि नियन्त्रण कार्यमा उपयोगी हुनुका साथै नेपालको भौगोलीक वातावरणमैत्री भएको हुनाले यसको कार्यक्षमता निकै राम्रो रहेको छ। केही महिनाअगाडि अशोक लेलैण्डको दमकल उर्लाबारी, लेटाङ र इनरुवा नगरपालिका, इटहरी उपमहानगरपालिका, बर्दियाको बाँसगढी नगरपालिका, काठमाण्डौको चन्द्रागिरी नगरपालिका, नेपाल आयल निगम लिमिटेड साथै हालै प्रदेश नं. २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई हस्तान्तरण गरिएको थापाले बताए। कार्यक्षमता र अत्याधुनिक उपकरणका साथै मर्मत खर्चसमेत कम हुने भएकोले यो दमकल नेपालमा बढी रुचाइएको बारुणयन्त्र (दमकल) मध्येमा पर्दछ।