काठमाण्डौ । शिवश्री हाइड्रोपावरले एकैपटक ४ आर्थिक वर्षको वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको मंगलबार (असोज २ गते) बसेको बैठकले आर्थिक वर्ष २०७५–७६ देखि २०७८–७९सम्मको वार्षिक साधारणसभा एकैपटक आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बसुन्धारास्थित यती इभेन्ट्स एन्ड कन्फ्रेन्स सेन्टरमा असोज २५ गते बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले हाल कायम चुक्तापुँजीको १ः१को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। हकप्रद सेयरको हदसम्म अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
नियमावलीमा हकप्रद सेयर निष्कासन गर्ने तथा हक हस्तान्तरण गर्ने व्यवस्था थप गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले सञ्चालक समितिको निर्वाचन गर्नेछ। सभाले उक्त ४ आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago