काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कामु निर्देशक निरञ्जन फुयाँलले शुक्रबारको सेयर कारोबार छिट्ट बन्द गरिने बताएका छन्। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आज काठमाण्डौमा आयोजना गरेको पुँजीबजारको वर्तमान अवस्था र आगामी ५ वर्षको सम्भावना विषय अन्तर्क्रियामा फुयाँलले चाँडै नै शुक्रबारको सेयर कारोबार हटाइने बताएका हुन्। 

यसअघि सेयर कारोबार हप्तामा ५ दिनमात्रै कारोबार हुन्थ्यो। शुक्रबार कारोबार हुँदैन थियो। तर सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णयपछि सेयर कारोबार आइतबार बन्द गरेर शुक्रबार सञ्चालन भएको छ। 

पछि सरकारले पुनः सातामा दुई दिन बिदा दिने खारेज निर्णय गर्दै असार १ गतेबाट शनिबारमात्रै सार्वजनिक बिदा दिने निर्णय गर्यो। तर सेयर बजार भने हप्ताको ६ दिन कारोबार हुने र शुक्रबार २ घन्टामा खुल्ने व्यवस्था गरिएको छ। 

फुयाँलले नेप्सेसँगै सीडीएससी, सेबोनलगायतका संरचना परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘सर्ट सेलिङ, इन्ट्राडे कारोबार व्यवस्था, अक्सन मार्केट, बुक बिल्डिङ विधि आवश्यक छ’, उनले भने, ‘मल्टिपल बन्ड पनि ल्याउन आवश्यक छ।’