काठमाण्डौ । गोल्छा समूहको पुरानो सपना साकार पार्दै ६३.३० प्रतिशत मत पाउँदै शेखर गोल्छा नेपाली उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको भावी अध्यक्षमा निर्वाचित भएका छन् । 

महासंघको केही महिनाअघि राजधानीमा सम्पन्न विशेष साधारणसभाले विधान संसोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने व्यवस्था गरेको छ । यो व्यवस्था अनुसार शेखर गोल्छा वरिष्ठ उपाध्यक्षमा आफ्ना प्रत्यासी किशोर प्रधानको तुलनामा उत्साहजनक मत प्राप्त गरी विजयी भएका हुुन् । वरिष्ठ उपाध्यक्षका प्रत्यासी किशोर प्रधानले भने ३६.७० मत मात्र प्राप्त गरे । 

अन्तिम मत परिणाम सार्वजनिक गर्नुअघि नै गोल्छालाई किशोर प्रधानले माला लगाएर जितको शुुभकामना दिएका थिए । 

गोल्छा समूहले बहुसंख्यक कार्यकारिणी सदस्यमा पनि आफ्नो बर्चश्व कायम गरेको छ । जिल्लानगर तर्फका अधिकांश सदस्य, वस्तुुगततर्फ र एशोसिएटतर्फका समेत अधिकांश कार्यकारिणी सदस्यमा गोल्छा समूहकै दबदबा कायम भएको छ । 

महासंघको निर्वाचनमा विजयी भएका तथा पराजय व्यहोरेकाहरुको अन्तिम नतिजतासहित निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक यसप्रकार छ :