काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो कम्पनीको नाफामा २६.१८ प्रतिशतको वृद्धि भएको हो । 

अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७९ लाख ४३ हजार रुपैयाँ रहेको खूद नाफा बढेर समीक्षा अवधिमा १ करोड १ लाखको उचाईमा पुुगेको छ । 

फाइनान्सको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ करोड ९९ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष २ करोड ७३ लाखको उचाईमा पुुगेको छ । 

यो अवधिमा फाइनान्सले ३ अर्ब ३६ करोड निक्षेप संकलन गरी २ अर्ब ७९ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ७९ करोड निक्षेप संकलन गरी १ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ भने रिजर्बमा ३१ करोड ७९ लाख जम्मा भएको छ । यो कम्पनीले हाल धितोपत्र बोर्डबाट ८३ प्रतिशत हकप्रद निश्कासनको प्रतिक्षा गरिरहेको छ । हकप्रदपछि कम्पनीको चुक्तापूँजी ६३ करोड २० लाखको उचाईमा पुुग्नेछ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १९२.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.९१ गुणा कायम भएको छ ।