काठमाण्डौ। श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेडको २७ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा सम्पन्न वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष शशिराज पाण्डेले समीक्षा वर्षको अन्त्यमा कम्पनीले संकलन गरेको निक्षेप रु. ६ अर्ब २४ करोड र कर्जा सापट रु. ४ अर्ब ५८ करोड पुगेको तथा सम्पूर्ण कारोबारपछिको कम्पनीको खुद मुनाफा (बोनश तथा कर व्यवस्थापछि) रु. ११ करोड ४५ लाख भएको जानकारी गराए।
साधारणसभाले हाल कायम रहेको चुँक्तापुँजीको ११ प्रतिशत लाभांश वितरण (बोनस सेयर ७.७० प्रतिशत तथा नगद लाभांश ३.३० प्रतिशत) सम्बन्धी प्रस्तावलाई अनुमोदन गरेको छ। बोनस अनुमोदनपश्चात कम्पनीको जारी तथा चुक्ता पुँजी रु. ९५ करोड ८६ लाख ७५ हजार पुगेकोे छ।
प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष पाण्डेले विषम परिस्थितिका बावजुद पनि कम्पनीको व्यावसायिक कारोबार वृद्धि हुनुमा आफ्ना ग्राहकसँगको निरन्तर सम्पर्कलगायत कर्जाको किस्ता तथा ब्याज असुलीतर्फ प्रभावकारी अनुगमन मुख्य रहेको बताए। कम्पनीले २०७८ आषाढ मसान्तसम्म आफ्ना १३ वटा कार्यालयबाट नेपाल राष्ट्र बैंकको निर्देशन परिधिभित्र रही व्यावसायिक कार्य गर्दै नियामक निकायहरुको निर्देशनहरु पूर्ण रुपमा पालना गरिएको जानकारी उनले दिए।
33 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago