काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले विशेष साधारणसभा डोकेको छ। 

कम्पनी सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले विशेष साधारणसभा यही मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। 

सभाले वर्तमान सञ्चालक समितिको कामकाज अनुमोदन गर्नेछ। सभाले सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ। जसमा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको चयन गरिनेछ। 

सोही सभामा कम्पनीको गतिविधिका बारेमा अध्यक्षले जानकारी गराउनेछन्। 

सभा प्रयोजनका लागि कम्पनीले यही मंसिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।