काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते गर्ने निर्णय गरेको छ। 

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तपुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँको कुल १०.५३ प्रतिशतले हुने ८ करोड ७२ लाख ९७ हजार ३८५.५० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा ७.३७ प्रतिशतले हुन आउने बोनस सेयर र ३.१६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) रहेका छन्।