काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असार १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सिराहाको गोलबजार–५स्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले अन्य लघुवित्तसँग मर्जरमा जान उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
संस्थाको प्रबन्धपत्र र नियमावलीमा नियमनकारीहरुबाट कुनै विषयमा थप संशोधन वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सोही सभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको छनौट गरिनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले आउँदो असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब असार ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको वार्षिक साधारणसभा भाग लिन पाउनेछन्।
9 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago