काठमाण्डौ । श्वेत गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले विशेष साधारणसभा साउन २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको धुम्बाराहीस्थित अकामा होटेलमा अपराह्न १ बजेदेखि सुरु हुनेछ। 

सभाले प्रस्तावका रुपमा राखिने आईपीओ निष्कासनको मुख्य अजेन्डा अनुमोदन गर्नेछ। उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने कुल रकमको उपयोगसम्बन्धी वित्तीय योजना तथा रणनीतिहरु निर्धारणका सम्बन्धमा राखिने प्रस्तावहरु पनि सभाले पारित गर्नेछ। 

सोही सभाले परियोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको सेयरका सम्बन्धमा राखिने अर्को प्रस्ताव पनि पारित गर्नेछ। 

आईपीओ निष्कासनका सम्बन्धमा नियमनकारी निकायको निर्देशनबमोजिमका कार्यहरु गर्न गराउनका लागि सञ्चालक समितिलाई अख्तियार दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।