काठमाण्डौ । नेपालको प्रख्यात ब्रान्ड रुस्लानले यही बुधबार एक कार्यक्रम गर्दै रुस्लान स्टुडियोको सुरुआत गरेको छ।
रुस्लान स्टुडियो एउटा यस्तो मञ्च हो, जसले लाइभ स्टुडियो रेकर्ड सेटिङ संगीतका विभिन्न विधाहरु प्रस्तुत गर्नेछ। सो संगीतहरुको प्रसारण रुस्लान स्टुडियोको युट्युब पेजबाट हुनेछ।
कार्यक्रमा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारको प्रस्तुति हुनेछ। रुस्लान स्टुडियोको मुख्य उद्देश्य यस अघि नसुनेका धुनका केही लोकप्रिय ट्रयाकहरुमा परीक्षण गरी कलाकार र संगीतकारहरुलाई आफ्नो सांगीतिक फ्युजन र गतिशीलता प्रस्तुत गर्नु हो। जसबाट २५ भन्दा बढी ट्रयाकहरु नयाँ शैलिमा रमाउन सकिने छ।
रुस्लान स्टुडियोमा शुशान्त केसी, द एक्स ब्यान्ड, स्वप्न सुमन, मिस्टर डी, त्रिशला गुरुङ, सुनिल पण्डित, कुटुम्ब, एकदेव लिम्बु, समिर श्रेष्ठ, झुमा लिम्बु, द एलिमेंट्स, महेश काफ्ले, अनिल सिंह, इमर्ज ब्यान्ड, व्योमा, फोसील, मनिष गन्धर्ब, दिवस गुरूंग, आकाश खड्का, कमल खत्री, आनन्द कार्की, राजा राजेन्द, केंजल मेहर श्रेष्ठ, ए एस एम हरुको प्रस्तुति हुनेछ।
‘रुस्लान र संगीतको सम्बन्ध धेरै अघि देखि परिचित रहदै आएको छ र यसैमार्फत हामीले रुस्लान एफएममा समय परिषद् नयाँ धुनहरु पेश गर्दै आएका पनि छौँ। आगामी दिनमा रुस्लान र संगीतको सम्बन्धलाई अझ दरिलो बनाउने उदेस्यका साथ नै हामीले रुस्लान स्टुडयोको शुरुवात गरेको हो। हालको यो परियोजनामा हामीले नेपाली कलाकारहरुको बहुमुखी प्रतिभा संगीतमार्फत पेस गर्दैछौँ र सो कलालाई डिजिटल प्लेटफर्ममार्फत एकीकृत गर्ने लक्ष्य राखेका छौँ’। जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ब्रान्ड म्यानेजर श्रय कृष्ण श्रेष्ठले भने।
रुस्लानले आफ्नो ग्राहकको खुशीयाली, उत्सव, जमघट तथा रमझमको क्षणलाई उत्सवमय बनाउन साथ दिँदै आएको छ। रुस्लान स्टुडियोले ब्रान्ड र ग्राहकको सम्बन्ध अझ अटुट बनाउने पनि श्रेष्ठले व्यक्त गरे।
रुस्लान स्टुडियोको पहिलो एपिसोडमा शुशान्त केसीको प्रस्तुति रहेको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago