काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/७५ मा १० करोड ९० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो त्रैमासको अन्तसम्म यो नयाँ बिमा कम्पनीको खूद नाफा ६ करोड ४६ लाखमा सीमित थियो । 

यो जीवन बिमा कम्पनीले २०७४ भदौ  १९ गतेदेखि कारोबार सुरु गरेको हो । 

समीक्षा अवधिमा कम्पनीले २७ लाख ७५ हजार बिमा शुल्क आर्जन गरेको छ । लगानी, कर्जा तथा अन्यबाट ३ लाख ४३ हजार आम्दानी गरेको कम्पनीले यो अवधिमा १०० रुपैयाँ दाबी भुक्तानी गरेको छ । 

कम्पनीले हालसम्म २८ करोड ५० लाख बढी बिमाशुल्क आर्जन गरेको छ ।  हालसम्म कम्पनीले ७ हजार ६ सय ९१ बिमालेख जारी गरेको छ । 

यो कम्पनीको जगेडा ७ लाख ४२ हजारबाट बढेर ११ लाख ८६ हजारको उचाईमा पुगेको छ भने ९ लाख ८० हजारमा सीमित जीवन बिमा कोष बढेर १६ लाख माथि पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी  ७.०८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०७.७१ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३.२१ रुपैयाँ कायम भएको छ ।