काठमाण्डौ । जनता समाजवादी पार्टीले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन गर्दै सरकारले संविधान संसोधनका लागि कार्यदल गठनको निर्णय गरेको छ । यो निर्णयअनुसार कार्यदलका सदस्यहरुको नाम समेत टुंगो लागेको छ । 

संविधान संसोधनका लागि सरकार पक्ष र जसपाका नेताहरु सम्मिलित कार्यदल गठन भएको जसपाका अध्यक्ष महन्थ ठाकुरले पत्रकारहरुलाई जानकारी गराएका छन् । 

उनका अनुसार  ५ सदस्यीय कार्यदलमा सत्तासीन एमालेको तर्फबाट विष्णु रिमाल, अग्नी खरेल र कृष्णभक्त पोखरेल र जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल  रहेका छन् । यो कार्यदलले संविधान संसोधनका लागि गृहकार्य गर्नेछ ।