काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७४/७५ मा ३३ करोड ३० लाख बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २७ करोड ६२ लाखमा सीमित थियो । यसरी कम्पनीले खूद नाफामा गत वर्षको तुलनामा २०.५९ प्रतिशतको फड्को मारेको छ । 

कम्पनीले खूद बिमा शुल्क आर्जनमा पनि राम्रो प्रगति  गरेको छ । अघिल्लो वर्ष ६३ करोड ८१ लाख खूद बिमा शुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा त्यो बढेर ८८ करोड ४९ लाखको उचाईमा पुर्याएको छ । 

कम्पनीको कुल बिमा शुल्क आर्जन भने १ अर्ब ८३ करोड माथि पुगेको छ । अघिल्लो वर्ष यस्तो शुल्क आर्जन १ अर्बमा सीमित थियो । 

सगरमाथा इन्स्योरेन्सले यो अवधिमा ४४ करोड ७३ लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ३७ करोड बढीको दाबी भुक्तानी गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीले पुनर्बिमा कमिसनबाट २५ करोड ५० लाख आर्जन गरेको छ भने लगानी, कर्जा तथा अन्यबाट ६ करोड ९५ लाख आम्दानी गरेको छ । 

सगरमाथा इन्स्योरेन्सको ४८ करोड ८७ लाखमै स्थिर देखिएको छ भने २१ करोड ८३ लाखमा सीमित जगेडाकोषको आकार बढी ५१ करोड ७८ लाखको उचाईमा पुगेको छ । 

कम्पनीमा ७ करोड ९३ लाखको महाविपत्ति जगेडाकोष रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६१.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ  ३०१ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात २१.६६ गुणा कायम भएको छ ।