काठमाण्डौ । नेपालको आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ। 

उक्त सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रभाकर खड्काले हस्ताक्षर गरेका छन्। 

सम्झौताबमोजिम सगरमाथा इन्स्योरेन्सका सञ्चालक, कर्मचारी तथा भीआईपी कार्ड होल्डर बीमितहरु तथा निजका परिवारलाई सिद्धार्थ बिजनेस ग्रुपका नेपालभर छरिएर रहेका विभिन्न २१ स्थानमा सञ्चालित होटेल, रिसोर्ट र रेस्टुरेन्टबाट विभिन्न प्रकारका सेवासुविधामा आकर्षक छुट प्रदान गर्नेछ। 

यस्ता छन् सेवासुविधा र छुटहरु–