काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मूल्य समायोजन गर्दै यो कम्पनी प्रतिकित्ता सेयर १ हजार ४०० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ५५४ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै कारोबार खुल्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज असार १७ गतेदेखि असार ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ हिजो असार १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउँछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ११.५७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ११ प्रतिशत बोनस सेयर र बाँकी ०.५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीको चुक्तापुँजी १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ रहेको छ।
कम्पनीले आउँदो असार ३० गते काठमाण्डौको भद्रकालीस्थित कम्पनीको प्रधान कार्यालयमा २४ औँ वार्षिक साधारणसभा डोकेको छ। यही वार्षिक साधारणसभा प्रस्तावित लाभांश अनुमोदन गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago