काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सको खूद नाफामा सामान्य बढोत्तरी भएको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीले ३ करोड २६ लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यो कम्प्नीको यस्तो नाफा ३ करोड ९ लाख थियो । 

कम्पनीले बिमाशुल्कबाट हुने आम्दानी बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा १६ करोड १९ लाख बिमाशुल्कबाट आम्दानी गरेकोमा यो वर्ष बढेर २२ करोड ७६ लाखको उचाईमा पुुगेको छ । 

यस्तै, पुनर्बिमा कमिसनबाट हुने आय समेत ४ करोड ३२ लाखबाट बढेर ५ करोड ७७ लाखको उचाईमा पुुगेको छ । ६१ लखमा सीमित लगानी, कर्जा तथा अन्यबाट हुने आय १ करोड २ लाख माथि पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीले ८ करोड ७० लाख बढीको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी ७ करोड ४४ लाखमा सीमित थियो । 

अघिल्लो वर्षको यही अवधिमा २ करोड ८६ लाख रुपैयाँ रहेको व्यवस्थापन खर्च बढेर यो वर्ष ३ करोड ९८ लाखको उचाईमा पुुगेको छ भने १३ हजार २ सय ३० मा सीमित जारी बिमालेखको संख्या बढेर २१ ह्जार १ सय ५ पुुगेको छ । 

कम्पनीले बिमा कोष र जगेडाकोषलाई थप मजबुत बनाएको छ । ३९ करोड १७ लाख रहेको बिमा कोष बढेर ४८ करोड ८७ लाखको उचाईमा पुुगेको छ भने १९ करोड ३२ लाखमा सीमित जगेडाकोषमा २५ करोड १० लाख जम्मा भएको छ । यस्तै, २ करोड ८० लाखमा सीमित महाविपत्ति जगेडाकोष ४ करोड ५९ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा यो कम्पनीको प्रतिसेयर आम्दानी ६.०७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४५.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७९.८७ गुणा कायम भएको छ ।