काठमाण्डौ । गत दुई आर्थिक वर्षको लाभांश पारित गर्दै सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नवौँ तथा दसौँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ। 

काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको थियो। सभाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट चुक्तापुँजी रकम रु. ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँको ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश सेयर अनुमोदन गरेको छ। 

यसैगरी सभाले उक्त बोनस सेयर वितरणपश्चात हुन आउने चुक्तापुँजी रकम रु. ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशतबराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ। 

सभाले  लेखापरीक्षकको प्रतिवेदन सहित दुवै आर्थिक वर्षको आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडलगायतका प्रतिवेदनहरु पनि पारित गरेको छ।