काठमाण्डौ । पाँचौँ वार्षिकोत्सव तथा सामाजिक सेवा दिवसका अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मी शाखाबाट सडक बालबालिकाका लागि न्यानो कपडा तथा फलफूल वितरण गरिएको छ। उनीहरुका अभिभावकले बच्चाहरु प्रति अपनत्व नलिएको र पढ्ने लेख्ने उमेरमा बजारमा माग्दै डुल्दै गरेको कारण उनीहरुलाई छुट्टै व्यबस्थापन गर्नु परेको हो। 

कार्यक्रम महेन्द्र नमुना माविका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलकोे प्रमुख आतिथ्यतामा सञ्चालन भएको थियो। पौडेलले कार्यक्रम प्रभावकारी भएको भन्दै सन नेपाल लाइफलाई धन्यवादका साथ उत्तरोत्तर प्रगतिको कामना गरे। 

प्रधानाध्यापक मरासिनीले सन नेपाल लाइफले गरेको कार्यको प्रशंसा गर्दै कम्पनी तथा कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललगायत गुल्मी शाखालाई धन्यवाद व्यक्त गरे। 

शाखा प्रमुख सन्तोष कँुवर क्षेत्रीले कार्यक्रम सञ्चालन गर्ने क्रममा बालबालिका व्यवस्थापनको महत्वपूर्ण कार्यमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे। कार्यक्रममा सबै बालबालिकालाई स्वेटर वितरण गरिएको थियो। 

सोही अवसरमा महेन्द्र माविबाट बालबालिकाका लागि पुस्तक र कापीलगायत स्टेशनरी समेत वितरण गरिएको थियो।