काठमाण्डौ । सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई रुपैंया तीन लाख सहयोग गरेको छ ।

सनराइज बैंक स्थापनाको १३ औं वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । १३ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्य निरन्तर गरिरहने प्रतिबद्धता जनाए अनुसार आज जोन्ता क्लब काठमाडौंलाई बैंकले आर्थिक सहयोग गरेको छ ।
कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले सञ्चालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरुले डिजिटल कक्षाहरु सञ्चालन गर्दै आएका छन्  तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरु संचालन गर्न पर्याप्त स्रोत, साधान र प्रविधिको अभाव रहेको छ । यसै कुरालाई मध्यनजर गदै सनराइज बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौलाई रुपैंया तीन लाख सहयोग गरेको छ ।

आइतबार बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छालार्ई चेक हस्तान्तरण गरे । सनराइज बैंकले परिमार्जित प्रविधिलाई अवलम्बन गर्दै “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अगाडि बढाउँदै आएको र यसै अनुरुप देश विकासको अपरिहार्य  शिक्षामा पनि डिजिटल गर्ने उद्घेश्यका साथ बंैकले उक्त सहयोग गरेको बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बताए । जोन्ता क्लब काठमाडौंका अध्यक्ष सीमा गोल्छाले बैंकले डिजिटल शिक्षालाई प्राथमिकता दिई सो सहयोगले सरकारी विद्यालय, शिक्षक र विद्यार्थीहरुलाई धेरै प्रोत्साहन मिल्ने बताएको छ ।